कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु

0
95

कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । उनको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न  मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here