प्रचण्ड : गोरखाका माओवादीबाट पीडित कांग्रेस नेतासँग भेटेर गर्न चाहेको छु

0
22

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका माओवादीबाट पीडित भएका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकलाई भेटेर संवाद गर्न चाहेको बताएका छन् । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीबाट पीडित भएका कांग्रेस नेता,कार्यकर्ता र समर्थकलाई भेटाइ दिन आग्रह गरेको बताए ।

‘हिजो गोरखामा सबैभन्दा बढी द्धन्द्ध भएकै हो । मैले गोरखामा गएर भनेको छु । कांग्रेसका नेताहरुसँग कुरा गर्दै गर्दा दुई दिन हिँड्दा पनि माओवादीबाट सबैभन्दा पीडित भएका कांग्रेसका नेता कार्यकर्ता, समर्थकसँग मलाई भेटादिनुस भनेको छु । म उनीहरूसँग कुरा गर्न चाहन्छु’ प्रचण्डले भने, ‘हामीले नीतिगत रुपमा के माओवादी, के कांग्रेस, के नेपाली सेना, के सशस्त्र प्रहरी, के प्रहरी सबैलाई समान रुपले परिपुरण गर्नुपर्छ । उनका परिवारलाई राज्यले हेर्नुपर्छ भन्ने नीति बनाएका छौं ।’

द्वन्द्व पीडित परिवारलाई सम्बोधन गर्न बनाएको विधेयक नयाँ आउने संसदले पारित गर्ने प्रचण्डले बताए । द्वन्द्व पीडित कसैलाई विभेद नगरिकन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने पक्षमा रहेको बताए । देशमा राष्ट्रिय एकता, सामाजिक एकता र  सद्‌भाव कायम गराउन खोजिएको प्रचण्डको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here