मुस्ताङी राजकुमार झिग्मीको बिहेमा लोमन्थाङमा सार्वजनिक बिदा

0
163

पोखरा । मुस्ताङी राजाको छोराको बिहेमा मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङले आइतबार विज्ञप्ति निकालेर मुस्ताङी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । पालिकाका जनताको माग अनुसार बिदा घोषणा गरिएको अध्यक्ष गुरुङले बताए ।

‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकाले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

झिग्मी सिंघी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here