एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने

0
34

नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता आयोजना गर्न नेपाललाई गरेको प्रस्ताव पारित गरेको हो ।

क्यानले प्रतियोगिता अप्रिलमा आयोजना गर्ने निर्णय गरेको छ । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउँदा शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।

प्रिमियर कपमा आयोजक नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here