राखेप र एन्फाको टोलीद्वारा च्यासल रंगशालाको निरीक्षण

0
107

सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को तयारी अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित अखिल नेपाल फुटबल संघको टोलीले बिहीबार च्यासल रंगशालाको अवलोकन गरेको छ ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, पूर्व सहसदस्य रमेश ब्याञ्जनकार र महासचिव किरण राईसहित सदस्य सचिव घिसिङको नेतृत्वमा एनएससीको टोलीले रंगशाला पुगेर सुविधाको अवलोकन गरेको थियो ।

एन्फाले फागुन १९ बाट सुरु हुने लिगका खेलहरु रंगशालामा आयोजना गर्नेछ । एन्फाले रंगशाला हस्तान्तरणका लागि एनएससीलाई पत्राचार गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here