नवौं खेलकुद : आर्मीका सोम र एपीएफकी रमितालाई कीर्तिमानी स्वर्ण

0
45

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सोम कुमालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सको ४०० मिटर दौडमा कीर्तिमानी स्वर्ण पदक जितेका छन् ।  मंगलबार पोखरा रंगशालामा भएको खेलमा उनले ४७.९५ सेकेन्डमा समय निकाल्दै स्वर्ण जितेका हुन् ।

सोमले यसअघि आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको ४८.२ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फको ४ सय मिटर दौडमा एपीएफकी रमिता कुमारी थारुले कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी हुन् । रमिताले दिलमाया कार्कीको नाममा रहेको ह्यान्ड टाइमिङ ५८.०५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । महिलातर्फ आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत जितिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here