लोरियन्टसँग पीएसजीको हार

0
35

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित पीएसजीलाई लोरियन्टले ३-१ गोल अन्तरले हराएको हो ।

खेलको १५ औं मिनेटमा एन्जो ली फिले गोल गर्दै लोरियन्टलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २० औं मिनेटमा अचार्फ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । २९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

३९ औं मिनेटमा डार्लिन योङ्वाले गोल गर्दा लोरियन्ट २-१ ले अघि रह्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा बाम्बा डिएङले गोल गर्दै लोरियन्टलाई ३-१ को जित दिलाए ।

यस जितसँगै लोरियन्टले ३३ खेलमा ४८ अंक जोडेको छ । लोरियन्ट खेलको १० औं स्थानमा रहेको छ ।

पीएसजी ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here