मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0
46

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका- १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफैंले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको थियो।

ओझालाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here