खाद्य गोदाममा प्रहरीको छापा

0
85

प्रहरीले ललितपुरको सानेपामा रहेको एक खाद्य गोदाममा छापा मारेको छ । चामल व्यापारमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार छापा मारेको हो ।

सो क्रममा म्याद गुज्रेको करिब ४ सय क्वीन्टल चामल बरामद भएको छ । यस्तै सो गोदामबाट विभिन्न ब्रान्डको नाम दिएर अवैध काम पनि हुने गरेको पाइएको छ । गोदाममा सिलबन्दी गरिएको र थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

ती अधिकारीका अनुसार गोदामका सञ्चालक राजेन्द्र प्रसाद अग्रवाल हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here