भिजिट भिसामा विदेश हिँडेका ३९ महिलालाई विमानस्थलबाट फिर्ता गरियो

0
42

भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । भिजिट भिसा बाहक ३९ जनालाई  फिर्ता गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले बताए ।

धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञवालीले बताए । भिसा सक्कली भएपनि नक्कली कागजात पेश गरेर उनीहरुले भिसा लिएको भेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here