चुनावमा कर्मचारी र शिक्षक खटाइने

0
42

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ।

यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए।

निर्वाचन आयोगले बिहीबार आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।

रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० गतेसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापना गर्न भनिएको छ।

निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकोले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारी/शिक्षक पठाउन आयोगले भनेको हो।

यस्तै अन्यत्र काजमा खटाइएका कर्मचारी भए उनीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता गर्न पनि आयोगको निर्देशन छ। भदौ २० गतेपछि चुनाव नसक्दासम्म कर्मचारी सरूवा नगर्न पनि आयोगले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here