दोस्रो दिन पनि प्रहरी समायोजनको माग गर्दै मधेशका मन्त्रीकाे धर्ना

0
55

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दाेलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले साेमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।

साेमबारकाे धर्नामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पुर्व राज्य मन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।

उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आईतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here