ओलीको प्रश्न- मैले जस्तो सम्पत्ति प्रचण्ड, देउवा र नेपालले राज्यलाई बुझाउन सक्छन् ?

0
59

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् ।

शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने, ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’

अध्यक्ष ओलीले अगाडि प्रश्न गरे, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

उनले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनले बताए ।

‘एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ,’ उनले भने, ‘पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ ।’ उनले एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने बताए ।

उनले नेपाली कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको बताए । कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको उनको आरोप थियो । ‘प्रतिष्पर्धा भनेको लोकतन्त्र हो तर देशलाई द्वन्द्व र दुस्मनीतर्फ लगिरहेको छ,’ उनले भने, ‘यसमा विदेशी शक्तिले खेल्न सक्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here