त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

0
24

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ।

नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो।

स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।

दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ।

नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने बताए।

लाखौं मानिस नागरिकताविहीन रहेको भन्दै उनले संसदबाट पारित विधेयक राष्ट्रपतिले संविधानअनुसार पारित गर्नुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here