राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना

0
42

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार सो संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।

उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए । धर्नामा सहभागी सो संगठनका कार्यकर्ताहरूले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिए । उनीहरुले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताए । ज्ञानेन्द्र शाहलाई श्रीपेच नलगाए सार्वभौमिकता र धर्म सकिने बताउँदै उनीहरुले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here