उपनिर्वाचनको परिणामले रुपान्तरित हुने सन्देश दियो : विश्वप्रकाश शर्मा

0
56

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए ।

‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले भन्दै नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताए । महामन्त्री शर्माले उपचुनावमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here