अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न बुटवल जाँदै प्रधानमन्त्री देउवा

0
49

रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन  गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री  देउवा आज बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको हो ।

थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।  यो  सभाहल एक हजार सीट क्षमताको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here