सरकारमा जाने भन्दा पनि परिस्थितिको मूल्यांकन गर्दैछौँ : रवि लामिछाने

0
40

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने तयारीमा नरहेको प्रतिक्रिया दिएका छन् । सोमबार बिहान भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको बताए ।

‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन’, उनले भने, ‘सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परे कारण स्पष्ट पारेर मात्रै सहभागी हुने छौँ ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनले जानकारी दिए ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here