प्रचण्डले भने- सिट बाँडफाँट जटिल छैन, केही दिनमा टुंगिन्छ

0
37

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने केही दिनभित्र टुंगिने बताएका छन्।

स्थानीय तहमा जस्तो सिट बाँडफाँटमा विवाद नहुने प्रचण्ड बताउँछन्।

गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका पाँच दल मिलेर नै चुनावम जाने बताए।

‘सत्ता गठबन्धनभित्र रहेका दलबीच अहिलेदेखि नै सम्बन्ध राम्रो बनाउनुहोस्,’ प्रचण्डले स्थानीय नेता तथा कार्यकर्तालाई भने, ‘न्यायोचित किसिमले नै सिट बाँडफाँट हुन्छ। कार्यदलले केही दिनमा कसले कति सिट लिने र कहाँ-कहाँबाट उम्मेदवारी दिने टुंगोमा पुर्‍याउँछ।’

सुरूमा प्रतिनिधि सभा क्षेत्र र त्यसपछि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे टुंगो गरिने उनले बताए। ‘स्थानीय चुनावको जस्तो हतारो र चटारो अहिले हुन्न,’ उनले भने, ‘सहज वातावरणमा चुनाव गर्ने र नयाँ सरकार बनाउने गरी अघि बढ्छौं।’

उनी जेसिजको सम्मेलन उद्घाटन गर्न गोरखा पुगेका थिए।

साथै उनले पत्रकारहरूसँग कुराकानी गर्दै बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हमा चुनाव लड्ने बताएका थिए। चुनावपछि नेपाल समाजवादी पार्टीसँग एकताको सम्भावना रहेको प्रचण्डको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here