राष्ट्रपति भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन

0
41

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।

‘राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,’ अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, ‘माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।’ पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता थियो।

सराङकोटमा पोखराका मेयर आचार्य, केबल कारका प्रबन्ध निर्देशकलगायतले केबलकार, त्यस वरपरका मनोरम हिमाललगायतका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here