यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार

0
46

प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४ सदस्य पनि विमानमा थिए । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस सवार थिए ।

काठमाडौंबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here