नेपाललाई भेट्न पुगे देउवा र प्रचण्ड

0
42

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएका छन् । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउसो देउवा र प्रचण्ड गएका हुन् ।

नेपालको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुका साथै समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको बताएको छ । नेपाल गत मंगलबार रूघाखोकी, ज्वरो र  छातिमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । राष्ट्रपतिले पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरी सकेकी छन् । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा अझै समझदारी बन्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here