नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयमा ढुंगामुढा गर्दै तोडफोड

0
36

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।

रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here