‘पानी उमालेर मात्र पिऔँ, सरसफाइमा ध्यान दिऔँ’

0
102

काठमाडौं । सरकारले झाडापखाला, हैजा र डेंगुबाट बच्न स्वस्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना निकालेर मनसुन भित्रिएपछि लगातारको वर्षाले झाडा पखाला, हैजा र डेंगुको जोखिम बढेको भन्दै सचेत गराएको हो ।

मन्त्रालयले बर्षायाममा देखिने यी रोगहरुबाट बच्न पानी उमालेर पिउन वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ ।

साथै एडीज जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न तथा सुत्दा झुलको प्रयोग गर्ने र पुरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले सुझाएको छ । ।

मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन पनि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here