मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो

0
55

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । मन्त्रालय अन्तर्गतको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो । उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् ।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम सेवाबाट हटाइएको आज मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here