‘अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउँदै महानगर

0
27

‘अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल काठमाडौं महानगरपालिकाले हटाउने अभियान सुरू गरेको छ।

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो।

अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो।

आजदेखि काठमाडौं महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ।

मेयर बालेन शाहसहित टोली आज ‘अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रको अनुगमनमा पुगेका छन्।

घर तथा भवनको नक्सा पास गर्दा ‘अन्डरग्राउन्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here