रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

0
42

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।

रुसको विदेश मन्त्रालयका अनुसार  अमेरिकाले यसको फाइदा उठाउँदै आएको थियो जबकी रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि लगाइएको प्रतिबन्धले दुई देशबीचको अवस्था परिवर्तन भएको रुसले जनाएको छ ।

न्यू स्टार्ट नामक हतियार नियन्त्रण सन्धि सन् २०११ मा लागू भएको थियो । यस अन्तर्गत प्रत्येक देशले १,५५० लामो दूरीका आणविक हतियारहरू तैनाथ गर्न सक्नेछन् । यो सन्धि २०२६ मा समाप्त हुनेछ ।

एक साताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ आणविक हतियार सम्झौतामा काम गर्न तयार रहेको बताएका थिए ।

यो सन्धि दुई देशबीच आणविक युद्ध रोक्न र हतियार घटाउने उद्देश्यले गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here