पुटिन र सीबीच वार्ता

0
66

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन।

सरकारी टेलिभिजनमा प्रसारण भएको दुई नेताबीचको भिडियो कन्फरेन्समा टिप्पणी गर्दै पुटिनले चीनसँग सैन्य सहयोगलाई सुदृढ गर्ने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । करिब आठ मिनेटको पुटिनको सम्बोधनमा रुसलाई पश्चिमी शक्तिहरूबाट टाढा राख्न आह्वान गरिएको थियो । उनले भने, ‘जसले युक्रेनविरुद्ध कदम चाल्न र युक्रेनलाई हतियार उपलब्ध गराउन बाध्य पारेर रुसलाई राजनीतिक र आर्थिक रूपमा हानि पुर्‍याउने प्रयास गरेका छन्।’ चीनलाई आउन निमन्त्रणा गर्दै उनले भने, ‘महत्वपूर्ण विषयमा रुस–चीनबीच भएको सम्झौताले विश्वलाई आफ्नो शक्तिको बारेमा बताउनेछ ।’

यससँगै रुसले ताइवानमा चीनको अडानलाई सार्वजनिक रूपमा समर्थन गरेको छ र पश्चिमी देशहरूले उनीहरूलाई तनाव बढाउन उक्साएको आरोप लगाएको छ। रुसको आक्रमणको विषयमा जिनपिङ सहज देखिन्थे। चीनले अहिलेसम्म आलोचनाबाट टाढा रहँदै शान्तिमा जोड दिँदै आएको छ। यस क्रममा जिनपिङले पुटिनलाई ‘मित्र’ भन्दै सम्बोधन गरेका थिए । पुटिन संयमित देखिन्थे। उनले विश्व कठिन समयबाट गुज्रिरहेको बेला चीन रुससँग रणनीतिक सहयोग बढाउन तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here