रूसी आक्रमणमा मारिए युक्रेनका धनाढ्य व्यापारी दम्पती

0
35

रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ। बिबिसीका अनुसार ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको हो।

युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन्।

वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए। उनलाई ‘युक्रेनको हिरो’ को रूपमा सम्मान गरिएको थियो। फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो।

घरमै रहेका उनीहरू रूसी आक्रमणमा मारिएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन्।

माइकोलायिभका मेयर अलेक्जेन्डर सेनकेबिचका अनुसार उनको सहरमा आइतबारको आक्रमण अहिलेसम्मकै ठूलो रूसी आक्रमण हो। एउटा होटल, स्पोर्ट्स कम्प्लेक्स, दुइटा विद्यालयमा पूर्ण क्षति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here