एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड संक्रमण पुष्टि

0
40

डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् ।

मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् ।  यो वर्षको फेब्रुअरीमा पनि उनलाई कोभिड  देखा परेको थियो। ८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन ।

उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् । उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here