अखण्ड भारतको नक्साविरुद्ध एसियाली मुलुकभर बिरोध, सम्राट अशोकको भएको प्रष्टिकरण

0
53

काठमाडौँ । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सालाई लिएर चौतर्फी बिरोध सुरु भएको छ । लुम्बिनी, कपिलबस्तु, बिराटनगरसहितका नेपाली भुभाग नक्सामा समेटिएपछि नेपालबाटै सुरु भएको बिरोध पाकिस्तान हुँदै बङगलादेश सम्म पुगेको छ ।

उक्त नक्सामा भारतले नेपालसहित पाकिस्तान, बङगलादेश, म्यानमार, तिब्बत र श्रीलंकालाई आफ्नो हिस्सा देखाएको छ । आफ्नो देशको क्षेत्र, भारतले नक्सा नै निकालेर दाबी गरेपछि एसियाली मुलुकभर भारतको दादागिरि पनकोे बिरोध भएको छ ।

चौतर्फी रुपमा भारतको बिरोध भएपछि भारतीय विदेश मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयले हालै जारी गरिएको नक्सा ‘अखण्ड भारत’को नक्सा नभई सम्राट अशोकको ‘साम्राज्य’ देखाइएको भन्दै स्पष्टीकरण दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here