‘कफ सिरप’ सेवन नगर्न डब्लूएचओको सुझाव

0
42

विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ ।  विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्‍याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो ।

भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो औषधि सेवनपछि ती बालबालिकाको मृत्यु भएको हुन सक्ने जनाएको छ । डब्लुएचओले प्रयोग नगर्न भनेको औषधिमा कोफ्याक्समेलिन बेबी सिरप, प्रोम्याथेजिन ओरल सलुसन, मेकअफ बेबी कफ सिरफ र मेगरिप एन्ड कोल्ड सिरप छन् ।

६६ जना कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदय विदारक रहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले बताएका छन् ।

यसैबीच  औषधि व्यवस्था विभागले ती चार खालका औषधि नेपालमा दर्ता भएका छैनन् भने विक्री वितरण पनि भएको पाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here