प्रदीप खड्कालाई नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने

0
46

प्रेमी गीत अभिनेता प्रदीप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । ‘प्रेम गीत–३’पछि उनले कुनै फिल्म साइन नगरेका प्रदीपले  स्क्रिप्ट र टिम मन परेकाले फिल्म गर्न राजी भएको बताए । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच केही दिन अगाडि फिल्म निर्माण घोषणा भएको थियो ।

नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताए । चैत्र तेश्रो साताबाट छायाङ्कन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्नेछन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here