आँचलको ‘नाईं नभन्नु ल ६’ बिहीबारदेखि फ्लोरमा

0
40

फिल्म ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै फिल्मको निर्देशन गर्न लागेका हुन् ।
प्रेमकथामै सबै श्रृंखला हुँदै आएको ‘नाईं नभन्नु ल’ को  छैटौँ श्रृंखला पनि प्रेमकथामा निर्माण हुन लागेको हो । बिहीबारदेखि छायांकन सुरु हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता आर्शिवाद क्षेत्रीको प्रेम र रोमान्स समेटिनेछ । फिल्ममा अनुभव रेग्मी सहित केही बालकलाकार समेतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

फिल्मको कथा निर्देशक आचार्य आफैले लेखेका हुन् । पटकथा तथा संवाद भने उनले सामीप्य राज तिमल्सिनासँग मिलेर तयार पारेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने ‘नाईँ नभन्नू ल ६’ का ९ वटा गीत रहनेछ । जसको तयार बसन्त सापकोटा, भुपेन्द्र रायमाझी लगायत मिलेर गरेका छन् ।

फिल्मको रिलिज आगामी बैशाख १ गते अर्थात् नयाँ वर्ष मा गर्ने योजना निर्देशक विकासको रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here