अभियान लघुवित्तको सेयर कारोबार खुला

0
20

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अभियान लघुवित्तको सेयर कारोबार आज (आइतबार)देखि खुला भएको छ।

कम्पनीको पहिलो कारोबार ३१६ रुपैयाँमा खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।

११ बजेर ५५ मिनेटसम्म कम्पनीको सेयर मूल्य ४.०२ प्रतिशत बढेर प्रतिकित्ता मूल्य ३२८ रुपैयाँ ७० पैसा कायम भएको छ।

‘एभिवाइएएन’ संकेतमा कम्पनीको कारोबार खुला भएको छ।

कम्पनीको २५ लाख कित्ता आइपिओ शुक्रबार सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि ओपन रेञ्ज १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसा मूल्य रेन्ज पाएको थियो।

सोही रेन्जभित्र रहेर पहिलो कारोबार खुला भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here