बढ्यो सुन चाँदीको मूल्य

0
42

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ । जुन, गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

शुक्रबार तोलामा ८०० रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको हो । गत साताको बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here