बेनेलीको दशैं अफर सुरू

0
30

केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दैछ। यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर कम्पनीले ‘दशैं फिएस्टा’ अफर ल्याएको छ।

‘दशैं फिएस्टा’ अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ। यसअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिनेछ।

पहिलो ई-डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ। मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन्। बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ। यसरी स्क्यान गर्दा एक लाख रुपैयाँ नगदसम्म जित्ने अवसर प्राप्त हुनेछ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ। ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत एक लाख रुपैयाँसम्म जित्न सकिनेछ।

त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई पाँच हजार रुपैयाँ सम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here