लघुवित्तका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठन

0
56

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान स्थिति र उनीहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानसहित समग्र क्षेत्रबारे अध्ययन गर्न उक्त समिति गठन गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिमा ७ सदस्य छन्, जसमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्षसहित २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारी सदस्य रहने राष्ट्र बैंकले जानकारीका दिएको छ ।

उक्त समितिले ६ महीनाभित्र प्रतिवेदन पेश गर्नेछ । विपन्न वर्गलाई आय आर्जन वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदानबारे सूचकको व्यवस्था नहुँदा लघुवित्त वित्तीय संस्थाहरूले गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदान यकिन हुन सकेको छैन ।

केही समययता लघुवित्तहरूले ग्राहकसँग चर्को ब्याज लिइरहेको तथा सेवाग्राहीसँग राम्रो व्यवहार नगरेको कतिपयले आरोप लगाएका छन् । यद्यपि लघुवित्तकर्मीहरूले भने यस्ता आरोपको खण्डन गर्दै विपन्न समूहलाई मिटर ब्याजमा ऋण दिन पल्किएका समूहले आधारहीन हल्ला फैलाइरहेको दाबी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here