सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

0
40

बलात्कारको आरोप लागि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरेपनि अदालतले ५ दिनको म्याद दिएको जानकारी दिए । बयान दिने काम आधा सकिसकेको पनि उनले बताए ।

गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here