सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित थप ६ जना पक्राउ

0
96

काठमाडौं । एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा भन्सार अधिकृतसहित थप ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट छन् भने ३ जना विमानस्थल भन्सार कार्यालयका निलम्बित कर्मचारी रहेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा विमानस्थल भन्सार अधिकृत चन्द, खरिदारद्धय ढकाल र श्रेष्ठलाई भन्सार विभागले निलम्बन गरेको थियो ।

उनीहरुसँगै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट सिन्धुपाल्चोक बलेफीका यादवशंकर पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको अधिकारीले बताए । तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

गत मंगलबार राति हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here