आयल निगमका तत्कालीन महानिर्देशक खड्काको सबै सम्पत्ति जफत गर्न आदेश

0
59

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ ।

अदालतका न्यायधीशत्रय श्रीकान्त पौडेल, खुसीप्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले शुक्रबार उनलाई दोषी ठहर गरी सजाय सुनाएको हो ।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र ९ करोड १९ लाख ६ सय ३४ रुपैंया ६४ पैसा जरिवाना तोकेको अदालतका उपरजिष्ट्रार दिपेन्द्रनाथ योगीले जानकारी दिए ।

उनका अनुसार आजको आदेश अनुसार खड्काको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतिका नाममा राखेको दुइवटा जग्गासमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश भएको योगीले बताए ।

अख्तियारले २३ पुस २०७५ मा निगमको पूर्वकार्यकारी निर्देशक खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै वैध रुपमा आर्जन गरेको अख्तियारको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here