पूर्वमन्त्री खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि जेल पठाउन आदेश

0
131

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहका १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार दुई साता लामो थुनछेक बहसपछि अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।

अदालतले यो प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलगायत १६ जना पूर्पक्षका लागि जेल पठाउन आदेश गरेको छ भने अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा ३० जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । जसमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना फरार छन् ।

पूर्व मन्त्रीहरू सहित ३० जनाबाट २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो भराउन पनि माग गरिएको थियो । उनीहरूमाथि ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा लगाइएको हो ।

यस मुद्दामा जेठ २२ गतेबाट थुनछेक बहस चलेको थियो । सुरुको३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेपछि त्यसको भोलिपल्टदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस बिहीबार टुंगिएको थियो ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here