प्रधानमन्त्री प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ

0
67

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो ।

नेकपा (माओवादी)को दशक लामो सशस्त्र द्वन्द्वका क्रममा आफूहरुलाई बालसेनाका रुपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै प्रचण्ड र भट्टराई विरुद्ध पूर्व बाल सेनाका तर्फबाट लेनिन विष्टले २८ जेठमा रिट दर्ता गरेका थिए ।

रिट निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने? भन्दै सर्वोच्चले उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here