काठमाडौंको सिनामंगलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

0
97

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंको सिनामंगलस्थित शम्भु मार्गमा प्रहरीले विकास भगतलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनमाथि गोली हानि नियन्त्रणमा लिइएको हो । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको गोविन्द थपलियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here