रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्धारा सदर

0
49

काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको सफाई पाउनु पर्ने माग खारेज गरेको छ । जिल्ला र उच्चको फैसला सदर भएसँगै जन्मकैदको सजायमा डिल्लिबजार कारागारमा रहेका रेशम चौधरी जेलमुक्त नहुने भएका छन् ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेपनि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज माग दाबी नपुग्ने भन्दै जिल्ला र उच्च अदालतले सुनाएको सजायलाई सदर गरेको सर्बोच्चका प्रबक्ता बिमल पौडेलले जानकारी दिए ।

सोही हत्याकाण्डमा सजाँय भोगिरहेका सीताराम चौधरी र गंगाराम चौधरीले भने सफाई पाएका छन् । लक्ष्मण थारुको हकमा भने सजाँए केही कम गरिएको उनले बताए ।

२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो । सोही घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here