पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

0
61

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बुधबार न्यायाधीश उत्तम सिलवालको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई बिहान चाबहिल मैजुबहाल निवासबाट प्रहरीले पक्राउ परेको थियो ।

खाणसँगै उनका स्वकीय सचिब नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here