काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । ललितपुर सातदोबाटोस्थित रायमाझीको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको हो ।
वैशाख २० गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
रायमाझी भारत भागेको आशंकामा सिआईबीको टोली पनि परिचालित भएको छ । प्रहरीले उनलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरी युनिटलाई पत्राचार पनि गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै विभिन्न व्यतिmबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा राजनीतिक तहका उच्च व्यतिm तानिएका छन् । यो प्रकरणमा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।