काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को सोमबारको बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । ।
कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।
विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च कायममुकायमको भरमा चल्दै आएको थियो ।