हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु, घाइते सबैलाई काठमाडौं ल्याइयो

0
272

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेको तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए । गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका–४सिप्ररुङको हम्बरेडाँडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाईलट छिरिङ भोटे, सहयोगी मनोज थापा, बिद्युत प्राधिकरणका कर्मचारी बिक्रम शंकर गम्भिर घाईते भएका छन् ।

उनिहरुलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याए हाल मेडिसिटी अस्पतालमा उचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here