अध्यादेशमार्फत मिटरब्याज पीडितको समस्या गर्ने सरकारको निर्णय

0
31

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न अध्यादेश बनाई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आजै राष्ट्रपति समक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याज पीडितसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज पठाउने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘मिटरब्याज पीडितसँग सम्बन्धित समस्या जुन छ, त्यो समस्यालाई छिटोभन्दा छिटो समाधानका लागि कानूनी व्यवस्था गर्नका निम्ति मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याज पीडितसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आज अध्यादेश पठाउने काम हुन्छ ।’​

उनले नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको पनि बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here